कङ्गो घटनाः सेनाले सुरु गर्‍यो छानबिन

कङ्गो घटनाः सेनाले सुरु गर्‍यो छानबिन

शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानबिन सुरु गरेको छ।

अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटना सार्वजनिक भएपछि सेनाले छानबिन थालेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

शान्ति स्थापनार्थ कंगोमा तैनाथ जवानले अनुशासन पालना नगरेको भन्दै कुटपिट भएको घटना सार्वजनिक भएको हो । सैनिक प्रवक्ता पौडेलका अनुसार सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन सुरु भएको छ ।

उक्त घटनाको छानबिनका लागि सेनाले सेनानीको नेतृत्वमा छानबिन सुरु गरेको प्रवक्ता पौडेलको भनाइ छ ।

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा भएको बताइएको छ । प्रवक्ता पौडेलले अनुसन्धानपछि मात्र घटनाको यथार्थ थाहा हुने बताए ।

बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.