शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा काेराेना देखिएपछि उडान स्थगित

शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा काेराेना देखिएपछि उडान स्थगित

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

नेपाली सेनाले सोमबार जारी गरेको सूचनामा संक्रमण पुष्टि भएका सैनिक जवानहरुको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको पुनः परीक्षणपछि मात्र उडानको मिति तय हुने उल्लेख छ ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया(UNSMIL)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न आइतबार साँझ उक्त टोली त्यसतर्फ जाने तयारी थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.