
प्रधानसेनापति थापाले कमाण्ड सम्हालेको दुई वर्ष पूरा
प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्नु भएको दुई वर्ष पूरा भएको छ । यस अवसरमा प्रधानसेनापति थापाले बुधबार विहान वीर स्मारक छाउनी तथा सैनिक स्मारक सैनिक मञ्चमा गइ रिद लेईङ्ग तथा श्रद्धाञ्जली अर्पण गरे।
त्यसै गरी जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा, उनले नेपाली सेनालाई प्रणाली र पद्धतिमा सञ्चालन हुने संस्थाको रुपमा विकास गर्दै लैजाने आधारका रुपमा विगत दुइ वर्षमा तयार भएका र कार्यान्वयन गरिएका विभिन्न कार्यविधि, निर्देशिका, तालिमका म्यानुअल र कमाण्डर एवं स्टाफहरुका लागि आवश्यक सन्दर्भ पुस्तिकाहरुको संग्रह लगायत सिपाही पाक्षिक विशेषाङ्कको विमोचन गरे ।
कोभिड १९ सम्बन्धी सुरक्षा मापदण्डहरुको पालना गर्दै आयोजित उक्त समारोहमा प्रधानसेनापति थापाले सकलदर्जालाई सम्बोधन गरे।
नेपाली सेनाका सबै युनिटहरुमा लाइभ मल्टिकाष्ट गरिएको उक्त सम्बोधनका दौरान प्रधानसेनापति थापाले कार्यकालको पहिलो र दोश्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरे।
उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले संगठन भित्र रहेका कमी कमजोरीहरु संगठन आफैले पहिचान गरी त्यसलाई सही मार्गमा ल्याउने प्रणालीको विकास गरिएबाट संगठनलाई स्वतन्त्र रुपमा क्रियाशील हुन र प्रणालीलाई बलियो बनाउन थप मद्दत पुगेको बताए।
अरु समाचार
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्...
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी मु...
नेपाली सेनाको ‘एकीकरण पदमार्ग’
नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, द...
हमाललाई रथीकाे फूली
प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा बढुवा भएका उपरथी ईश्वर हमालल...
भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्...
मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अन...
नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान
संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेन...
कङ्गो घटनाः सेनाले सुरु गर्यो छानबिन
शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटब...
सेनाले दियो बालीनालीको क्षतिपूर्ति
नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिप...
कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको म...
कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको मृत्यु भएको छ। कोरोनाका का...