सहायक रथी जबरासहित तीन जना अधिकारीबर्खास्त

सहायक रथी जबरासहित तीन जना अधिकारीबर्खास्त

नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सहायक रथी प्रयोग जबरासहित तीन जना अधिकारीलाई बर्खास्त गरेको छ।

एक करोड ७२ लाख रुपैयाँ आर्थिक अनियमितता तथा आचरण सम्बन्धी कसुर गरेको ठहर गर्दै सैनिक अदालतले सहायक रथी प्रयोग जबरासहित तीन जना अधिकारीलाई बर्खास्त गरेको हो।

बर्खास्त गरिएका अन्यमा मेजर नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा रहेका छन्।

काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहेको बेला उनिहरुले आर्थिक अनियमिता गरेको आरोप लागेको थियो।

उनीहरुलाई जरिवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरिएको सैनिक स्रोतले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.