बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा सकुशल उद्धार

बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा सकुशल उद्धार

गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ।

इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई गएराति उद्धार गरेको हो।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फसेका थिए। सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उहाँहरुको सकुशल उद्धार गरेको थियो। भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरू आपतमा परेका थिए।

साँझमा बाढीमा फसेका उनीहरूलाई राति सकुशल उद्धार गरिएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.