शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमण

शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमण

पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ ।

नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

गएको जेठ २० गते पूर्वखोला गाउँपालिका स्थित सिलुवाका ३६ वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको थियो । उक्त पुरुषको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना पुष्टि भएको हो ।

उक्त पुरुषको शव २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा व्यवस्थापन गरिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.