कपिलवस्तु कारागारको सुरक्षा जिम्मा सेनालाई

कपिलवस्तु कारागारको सुरक्षा जिम्मा सेनालाई

कञ्चनपुरमा कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

कोरोनाको कारण नाकामा हुने भिड नियन्त्रण तथा क्वरेण्टीनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई दिइएको हो ।

कोरोना महामरीको विशेष परिस्थितिलाई मध्यनजर गर्दै कारागारमा खटिएको सशस्त्र प्रहरीको टीमलाई सीमा सुरक्षामा परिचालन गनुपर्र्दा नेपाली सेनालाई खटाउने निर्णय नेपाल सरकारले गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

गएको सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले असार १ गतेदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । त्यही अनुसार आजदेखि कारागारको सुरक्षाको जिम्मा सेनाले लिएको हो ।

सरकारको निर्णयसँगै सोमबारदेखि कारागार कार्यालय कपिलवस्तुमा नेपाली सेनाको नारायण दल गुल्मका सेनानी ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा ४० जनालाई कारागार सुरक्षाको जिम्मा दिइएको छ ।

गुल्मले कारागारको बाहिरी सुरक्षाको जिम्मा लिइएको हो । कपिलवस्तु कारागारमा २ सय क्षमता रहेकोमा ४ सय २८ जना कैदी बन्दी छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.