शान्ति मिसनमा रहेका ३ नेपाली सैनिकलाई कोरोना संक्रमण

शान्ति मिसनमा रहेका ३ नेपाली सैनिकलाई कोरोना संक्रमण

शान्ति मिसनमा खटिएका तीन जना नेपाली सेनालाई कोरोना संक्रमण भएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत दक्षिण सुडान एक र मालीमा दुई गरी तीन जनामा कोरोना संक्रमण भएको हो ।

दक्षिण सुडानमा रहेका १ र मालीमा रहेका २ गरी ३ जना सैनिकलाई कोरोना भाइरससको संक्रमण देखिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

त्यस्तै अन्य ४ जना सैनिकमा पनि कोरोना भाइरस देखिएको छ।

मध्यपुर्वी पृतना महोत्तरीमा कार्यरत २ जना र बारामा कार्यरत २ जना सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यो सँगै नेपाल र नेपाल बाहिर गरी नेपाली सेनाका ७ जना सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.