युएन मिसनमा रहेका नेपाली सेनाका प्रमुख सेनानीको हृदयघातका कारण मृत्यु

युएन मिसनमा रहेका नेपाली सेनाका प्रमुख सेनानीको हृदयघातका कारण मृत्यु

संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट आइतबार निधन भएको छ ।

९ महिनाअघि सुडान मिसन मुख्यालयमा विष्ट ‘स्टाफ अफिसर’का रूपमा खटिएका थिए । उनको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने विषयमा छलफल भइरहेको पनि निर्देशनालयले जनाएको छ । निश्चित प्रक्रिया पूरा गरेर मात्र संयुक्त राष्ट्रसंघले शव हस्तान्तरण गर्ने भएकाले समय लाग्ने बताइएको छ ।

सुडान मिसन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदान्जली दिएको छ । विष्टको शव अहिले सुडानस्थित एक अस्पतालमा राखिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.