छुट्टीमा रहेका सैनिकलाई हाजिर हुन निर्देशन

छुट्टीमा रहेका सैनिकलाई हाजिर हुन निर्देशन

नेपाली सेनाले छुट्टीमा रहेका आफ्ना सबै तहका जनशक्तिलाई हाजिर हुन निर्देशन दिएको छ।

कोरोना संक्रमणका बेलामा जनशक्ति अत्यावश्यक पर्ने भएकाले छुट्टीमा रहेका सैनिकहरुलाई बोलाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

घरबिदाबाट आएकालाई केही समय छुट्टै राख्ने व्यवस्था सेनाले गरेको छ। सेनाले कोरोना भाइरसको सन्त्रास रहेसम्मका लागि छुट्टी समेत नदिने भएको छ। ब्यारेक लगायत सेनाका सबै निकायमा खाना पनि ठूलो समुहमा नखाने र सँगै खाएका सैनिकको समेत तथ्यांक राख्न निर्देशन दिइएको छ।

‘सैनिक इलाकामा गैर सैनिकलाई आउन पुर्ण रुपमा रोक लगाइएको छ। सामाजिक दूरी व्यवस्थापन गर्न निर्देशन दिइएको छ’ सैनिक प्रवक्ता पाण्डेले भने ‘घरबाट कार्यालय जानेहरुका लागि अन्यत्र नजान समेत निर्देशन भएको छ। कार्यालय छिर्दा समेत अनिवार्य ज्वरो नाप्ने र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने हुन्छ।’

कोरोनाको संक्रमणबाट सेनाले नै स्यानिटाइजर र मास्कको समेत उत्पादन सुरु गरेको छ। ‘नेपाली सेनालाई आवश्यक पर्ने स्यानिटाइजर, मास्क लगायतको उत्पादन सुरु भइसकेको छ। स्वयम्भू नामको स्यानिटाइजरको उत्पादन भइसकेको छ’ पाण्डेले भने, ‘कोरोनाका बिरामी भेटिएमा उपचार गर्नका लागि काठमाडौं र काठमाडौं बाहिर समेत आइसोलेसन शैयाहरु निर्माण भएका छन्।’

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.