कोरोना उपचारबारे तालिम दिन सेनाले बनायो भद्रकालीमा क्वारेन्टाइन

कोरोना उपचारबारे तालिम दिन सेनाले बनायो भद्रकालीमा क्वारेन्टाइन

कोरोना भाइरस संक्रमितको उपचारको तयारी र विधिबारे नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिने भएको छ ।

सोमबारबाट भद्रकालीमा सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना स्वास्थ्यकर्मी सहभागी हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

तालिममा संक्रमितलाई क्वारेन्टाइनमा कहाँ–कसरी राख्ने, उपचार कसरी गर्ने भन्ने विषयमा डेमोस्ट्रेसन गरी देखाइने प्रवक्ता पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार तालिम सन्चालनका लागि भद्रकालीमा हाल ५४ वटा टेन्ट राखिएका छन् । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग-अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको छ ।

नेपाली सेनाले कोरोना संक्रमितहरुको उपचारका लागि हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको छ । साथै इटहरी, पोखरा र नेपालगञ्जका क्षेत्रीय अस्पताललाई पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए ।

सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिइसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.