बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फिर्ता

बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फिर्ता

प्रधान सेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेशको चारदिने औपचारिक भ्रमण पूरा गरी बुधबार साँझ स्वदेश फिर्ता हुनुभएकाे छ ।

भ्रमणका क्रममा थापाले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, सेना प्रमुख लगायतसँग भेटवार्ता गर्नुभएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानसेनापति थापाको औपचारिक निमन्त्रणामा यही माघ २४ गते बंगलादेशका सेना प्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने जंगी अड्डाले जनाएको छ।

प्रधानसेनापति थापा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा २७ पुसमा बंगलादेशतर्फ प्रस्थान गर्नुभएकाे थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.