चुनढुंगा खानीमा राखिएकाे बम सेनाद्वारा डिस्पोज

चुनढुंगा खानीमा राखिएकाे बम सेनाद्वारा डिस्पोज

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीस्थलमा भेटिएकाे सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

खानीको माथिल्ला भागको एउटा स्काभेटरमा खतरा लेखेर टाँसेको देखिएपछि खानी संचालक र स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

खतरा लेखिएको स्थानमा फालिएको पर्चामा स्थानीय जनता र व्यवसायीको भावना विपरित खानी उद्योगले काम गरेको, जनसत्तामा दर्ता नगरी खानी सञ्चालन गरेको र प्राकृतिक स्रोत र साधनको दोहन गरेको उल्लेख गरिएको छ।

सिद्देश्वरको खानीस्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर पश्चिममा पर्छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.