एनआइसी एसिया बैंकमा भेटिएको बम सेनाद्वारा डिस्पोज

एनआइसी एसिया बैंकमा भेटिएको बम सेनाद्वारा डिस्पोज

सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकमा अज्ञात समूहले मङ्गलबार बिहान राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

बैंक खुलेसँगै कार्यालयको भर्‍याङमा राखिएको बमबारे कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो ।

बम राखिएसँगै मानिसमा त्रास फैलिएको थियो। २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।

बम कस्ले र किन राख्याे भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.