प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

प्रधानसेनापति पूर्णचन्द्र थापा  बंगलादेशतर्फ प्रस्थान गर्नु भएकाे छ ।

नेपाली सेनाको एम-२८ स्काईट्रक लिएर सेनापति थापा ढाका प्रस्थान गर्नु भएकाे हाे । उक्त विमान अमेरिकी सरकारले गत महिना नेपाली सेनालाई हस्तान्तरण गरेको थियो ।

बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा सात सदस्यीय भ्रमण दलसहित त्यसतर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।

प्रधानसेनापति थापालाई बलाधिकृतरथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो ।

भ्रमणका क्रममा उँहाले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्कने कार्यक्रम छ । भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.