इराकमा तैनाथ नेपाली शान्ति सेनालाई सतर्क रहन आग्रह

इराकमा तैनाथ नेपाली शान्ति सेनालाई सतर्क रहन आग्रह

नेपाली सेनाले इराकमा तैनाथ रहेका आफ्ना शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका साथ रहन निर्देशन दिएको छ।

सेनाको जनसम्र्पक निर्देशनालयले बुधवार एक विज्ञप्ती जारी गर्दै शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका साथ रहन निर्देशन दिएको जनाएको हो ।

सेनाले लेबनान र सिरियामा तैनाथ रहेका युनिटहरुलाई समेत उच्च सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएको छ । सेनाले इराकमा तैनाथ नेपाली शान्ति सैनिक सकुशल रहेको समेत जनाएको छ ।

संयुक्त राष्ट्रसंघको सहयोग मिसन अन्तर्गत नेपाली सेनाको गार्ड युनिट इराकको किरकुक र इरबिलमा तैनाथ छ। विज्ञप्तीमा इराकमा तैनाथ सैनिक युनिटलाई विशेष सुरक्षा सर्तकता अबलम्वन गर्न,परिस्थितिको निरन्तर अनुगमन गर्न तथा सेनाको मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ ।

हालसम्म नेपाली सैनिकहरु भने सकुशल रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । शान्ति स्थापनाको लागि मिसन इराकको किर्कुक र इर्बिलमा तैनाथ नेपाली सेनाका गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कतासतर्कता अपाउन निर्देशन दिइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.