भ्रमण वर्षमा नेपाली सेनाको ‘विजय दौड’

भ्रमण वर्षमा नेपाली सेनाको ‘विजय दौड’

नेपाली सेनाले ‘विजय दौड’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । सेनाको मध्य पश्चिम पृतना हेडक्वार्टर बुटवलले पुस २६ गते जितगढी ‘विजय दौड’ प्रतियोगिताको आयोजना गरेको हो ।

एकता नै बल हो भन्ने मूल नाराका साथ नेपाली सैनिक इतिहासको प्रवर्द्धन र जितगढी किल्लाको संरक्षण एवं प्रचारप्रसारका तथा भ्रमण वर्ष २०२० लाई सघाउनका लागि प्रतियोगितको आयोजना गरिएको कालिभक्ति गण (इ) का सेनानी दिलबहादुर खड्काले जानकारी दिए । प्रतियोगितामा ४२, २१, १० र ५ किलोमिटरको दौड हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ४२ किलोमिटरको दौड (फुल म्याराथन) र २१ किलोमिटरको दौड (हाफ म्याराथन) हुने सेनाले जवनाएको छ । प्रतियोगितामा ४२ किलोमिटरको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमसः १ लाख, ५० हजार, २५ रुपैयाँ प्रदान गरिने छ भने हाफ म्याराथन दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमसः ५० हजार, २५ हजार, १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताका अन्य सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । राष्ट्रिय खेलाडी पनि सहभागी हुने प्रतियोगितामा सहभागिताको लागि पुस २५ गते सम्म मध्य पश्चिम पृतना हेडक्‍वाटर बुटवलमा नाम दर्ता गराउन सक्ने सेनाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.