अमेरिकाले दिएका सेनाका दुई जहाज काठमाडौंमा

अमेरिकाले दिएका सेनाका दुई जहाज काठमाडौंमा

अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप उपलब्ध गराएका दुईवटा स्काइ ट्रक आइतबार बिहान काठमाडौं आइपुगेको छ।

दुईवटा जहाज भारत हुँदै आइतबार बिहान काठमाडौं विमानस्थलमा अवतरण गरेको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयाे।

उक्त स्काई ट्रक विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुनेछ। दुवै जहाजको पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि ती स्काई ट्रक प्रयोगमा आउने प्रवक्ता पाण्डेले जानकारी दिनुभयाे।

समान ढुवानी र सुरक्षाकर्मीको खटनका लागि प्रयोग हुने  दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्‍ने क्षमताका छन्। अहिले दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनीअन्तर्गतको ह्‍यांगरमा राखिएको छ।

दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको छ। २०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो।

पहिले बेलायतले दिएका दुईवटा स्काइ ट्रकमध्ये एउटा अप्रेशनमा छ भने अर्को बिग्रिसकेको छ। स्काइ ट्रक नहुँदा आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारमा समस्या हुँदै आएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयाे।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.