सेनापति थापा र अमेरिकी सहायक रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

सेनापति थापा र अमेरिकी सहायक रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाका सहायक रक्षामन्त्री रान्डल स्क्रीभरले बिहीबार जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीचमा नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको भेटले नेपाली सेनाको विश्व शान्ति स्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास लिएको सेनाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.