सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

जाजरकोटमा सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको सेनाकाे हेलीकप्टरबाट उद्धार गरिएको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई मंगलबार बिहान  नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो।

सोमबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन सकेको थिएन। बच्चा नजन्मँदै अत्याधिक रक्तश्राव हुन थालेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको जुनीचाँदे–२ का वडा अध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए।

उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.