एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम समापन

एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम समापन

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा संचालित सि.संं  ३ एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम सम्पन्न भएको छ ।

उक्त तालिमको सशस्त्र प्रहरी उपरीक्षक कमल तिउसिनाले भाद्र ८ गते एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी उपरीक्षक तिउसिनाले सो तालिममा सर्वप्रथम महिला सशस्त्र प्रहरी जवान अस्मिता न्यौपानेलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो ।

उहाँले तालिमबाट प्राप्त ज्ञान जिम्मेवारी निर्वाहको क्रममा पूर्ण रुपमा कार्यान्वयन गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।

४ हप्ता अबधिको उक्त तालिम ९ जना महिलासहित कुल ५० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक तालिम सम्पन्न गरेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.