एपीएफद्वारा चोरीपैठारी निकासीको सामान बरामद

एपीएफद्वारा चोरीपैठारी निकासीको सामान बरामद

रौतहट जिल्लाको राजदेवी नगरपालिका-८ स्थित बेलविछुवाबाट बिहिबार एपीएफ टोलीले करीव तीन लाख ३० हजार रुपैया बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको विभिन्न किसिमका ईलेक्ट्रोनिक सामान र कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बिहिबार करीव एक लाख ८४ हजार रुपैयाँ बराबरको चोरी निकासीको २३ क्विन्टल केराउ बरामद गरेको छ ।

ना ४ च ७१५७ नम्बरको बलेरो पिकअप गाडीमा राखी अवैध रुपले लैजाँदै गरेको उक्त केराउ एपीएफ टोलीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ देवीस्थान स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसवेला केराउ लैजान प्रयोग भएको उक्त बलेरो पिकअप गाडी समेत बरामद गरेको छ । बरामद सामान तथा गाडी जलेश्वर भन्सार कार्यालयमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.