एपीएफ टोलीद्वारा स्रोत नखुलेको ६ लाख रुपैयाँ बरामद

एपीएफ टोलीद्वारा स्रोत नखुलेको ६ लाख रुपैयाँ बरामद

पर्साबाट एपीएफ टोलीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

सीमावर्ती भारतीय बजारबाट भिस्वा नाका हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

गस्ती टोलीलाई देखपछि पैसा बोकेर आउँदै गरेका व्यक्ति झोला फालेर भारततर्फ नै भागेकाे सशस्त्र प्रहरीको भनाइ छ ।

बरामद गरिएको पैसा आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.