एपीएफ टोलीद्वारा चोरिपैठारी निकासीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरिपैठारी निकासीको सामान बरामद

रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका ७ पिप्रहिया स्थित सीमा ईलाकाबाट जेठ ३२ गते एपीएफ टोलीले करिब एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ ।

अवैध रुपले चोरीपैठारी निकासी गर्दै गरेको उल्लेखित मुल्य बराबराको ४ सय ५० के.जी. छोकडा र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट खटिएको एपीएफ टोलीले असार १ गते करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद समान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.