एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ४ पाचपेडा र सरावल गाउँपालिका ७ खजुरा खोलाको किनारबाट मंगलबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सरावल गाउँपालिका ९ रामग्राम बस्ने २७ वर्षिय जोगेन्द्र हरिजन छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ४ सय ९४ वटा, फेनारगन ५ सय वटा, नाईट्राभेट ट्याब्लेट १ हजार ७ सय ९ वटा, स्पास्मो प्रोक्सिभन प्लस ९६ वटा, नोफिन इन्जेक्सन ४ सय ९३ र वानरेक्स ७ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.