सशस्त्रका जवानद्धारा ब्यारेकभित्रै झुण्डिर आत्महत्या

सशस्त्रका जवानद्धारा ब्यारेकभित्रै झुण्डिर आत्महत्या

बारामा सशस्त्र प्रहरीका जवानले ब्यारेकभित्रै आत्महत्या गरेका छन् ।

बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान बिमल भण्डारीले ब्यारेक भित्रै आत्महत्या गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेका हुन् । ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भण्डारी राती १० बजेसम्म राजमार्गको डिउटीमा खटिएका थिए । डिउटी सकेर ब्यारेक पसेका उनी रातीको समयमा झुण्डिएको हुन सक्ने गुल्मपति हरि श्रेष्ठले बताए ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पुरीले भण्डारीको शव परीक्षणका लागि वीरगन्ज पठाएको जानकार दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.