एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

धनुषाको विदेह नगरपालिका ९ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव एक लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र जुत्ताचप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बरबहादुर रानाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.