एपीएफ टोलीद्वारा पेस्तोलसहित एक जना पक्राउ

एपीएफ टोलीद्वारा पेस्तोलसहित एक जना पक्राउ

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीबाट सोमबार एपीएफ टोलीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् । एपीएफ टोलीले बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान,  चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद गरेकाे छ ।

बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.