एपीएफ टोलीद्वारा स्रोत नखुलेको रुपैयाँसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा स्रोत नखुलेको रुपैयाँसहित दुई जना पक्राउ

बारा जिल्लाको परवानिपुर गाँउपालिका ३ बाट चैत्र १ गते एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.