नेपाल एपीएफ स्कुल कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

नेपाल एपीएफ स्कुल कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

‘छैठौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७६’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले हात पारेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको प्रमुख आतिथ्यमा फागुन ८ गते सम्पन्न फाइनल खेलमा नेपाल पुलिस स्कुलले ग्रीन भिजेज एजुकेशन फाउण्डेशन स्कुल कीर्तिपुरलाई २–१ गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भएको हो ।

नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंको आयोजनामा संचालित सो प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले विजयी टिम तथा खेलाडीहरुलाई कप, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो प्रतियोगितामा नेपाल पुलिस स्कुलका सोदिन अवाल उत्कृष्ट खेलाडी, सन्देश तामाङ सर्वाधिक गोलकर्ता र नेपाल पुलिस स्कुलकै ईसान श्रेष्ठ
उत्कृष्ठ गोल रक्षक घोषित भएका छन् भने साल्भिनिया एकेडेमी कीर्तिपुरले फेयरप्लेको उपाधि प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा कूल १८ टिमकोे सहभागिता रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.