सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका चार जनालाई माघ ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

उहाँहरु नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको यहि माघ ७ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षकबाट प्राविधिक नायव उपरीक्षकमा पदोन्नती हुनु भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा दर्जासँगै जिम्मेवारी र उत्तरदायित्व समेत बढ्ने उल्लेख गर्नुहुँदै आगामी दिनमा अझबढि कर्तव्यनिष्ट र ईमान्दारीता पूर्वक स्वास्थ्य सेवा प्रदान गर्न सशस्त्र प्रहरी बलका चिकित्सकहरुलाई निर्देशन दिनुभयो ।

एपीएफ अस्पताललाई अझै बढि उत्कृष्ट बनाउन सामुहिक भावनकासाथ पेशाको मर्यादा राख्दै सबैले आ–आफ्नो ठाउँबाट मेहनत गरिरहनु पर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले अस्पताललाई आवश्यक पूर्वधारहरु क्रमिक रुपमा थपिदै लगिएको कुरा समेत उल्लेख गर्नुभयो ।

स्वास्थ्यकर्मीहरुको धर्म र कर्म भनेकै विरामीहरुलाई उत्कृष्ट उपचार सेवा प्रदान गर्नु रहेको उल्ल्ेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकास लगायत विभिन्न सेवा सुविधाहरु प्रदान गर्नका लागि आफूहरु कृयाशिल रहेको बताउनुभयो ।

उहाँले एपीएफ अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन विज्ञ चिकित्सक लगायत साधन स्रोत उपलब्ध गराउँदै लगिएको उल्लेख गर्नूभयो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.