एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित नकलबन्द ईलाकाबाट फागुन ६ गते एपीएफ टोलीले करीव पाँच लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले फागुन ७ गते करीब दुई लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त औषधी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ जोरसिमलबाट बरामद गरिएको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.