एपीएफ टोलीद्वारा कागजपत्र बिनाको कार बरामद

एपीएफ टोलीद्वारा कागजपत्र बिनाको कार बरामद

सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट आइतबार एपीएफ टोलीले कागजपत्र नभएको एउटा कार बरामद गरेको छ ।

बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ । बरामद कारको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.