एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रौतहटको गौर नगरपालिका ८ स्थित सवगडाबाट बिहिबार एपीएफ टोलीले करीव एक लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्व रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला एपीएफ टोलीले लत्ताकपडा ल्याउन प्रयोग भएको एक थान मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.