एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिया चोकबाट माघ ६ गते एपीएफ टोलीले करीव दुई लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलोक्ट्रोनिक्स सामान, लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलराबाट खटिएको एपीएफ टोलीले माघ ६ गते करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बलरा नगरपालिका ५ स्थित अर्नाबाट बरामद गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.