एपीएफ टोलीद्वारा चोरीपैठारीको ब्ल्याङकेटसहित पक्राउ

एपीएफ टोलीद्वारा चोरीपैठारीको ब्ल्याङकेटसहित पक्राउ

बारा जिल्लाको कलैया उपमहानगरपालिका १० स्थित मटिअर्वा नहरबाट एपीएफ टोलीले माघ ५ गते करीव आठ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ब्ल्याङकेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने २२ वर्षिय सुनिल कुमार छन् । एचआर ६९ बी ७५५८ नम्बरको भारतीय ट्रकमा राखेर ल्याउँदै गरेको उक्त ब्ल्याङकेटसहित निज कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उक्त ब्ल्याङकेट ल्याउन प्रयोग भएको उक्त ट्रक समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका निज कुमारलाई बरामद ब्ल्याङकेट तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

बरामद ट्रकको भन्सार दाखिला मुल्य नौ लाख ९१ हजार एक सय ९२ रुपैयाँ रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.