एपीएफ टोलीद्वारा ५ लाख १७ हजार अवैध भारुसहित एक जना भारतीय पक्राउ

एपीएफ टोलीद्वारा ५ लाख १७ हजार अवैध भारुसहित एक जना भारतीय पक्राउ

सशस्त्र प्रहरीले वीरगञ्जबाट अवैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण थाना कोटवा ६ बस्ने २९ वर्षीय सचिन भाष्कर रहेका हुन् । प्रहरीले उनको साथबाट भारतीय रुपैयाँ ५ सय दरका १ हजार ४ थान, २ सय दरका ५३ र १ सय दरका ४८ थान फेला परेको थियो ।

झोलाभित्र उक्त रकम लुकाएर ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट भाष्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.