पहिलोपटक चीनको सिमानामा सशस्त्रको सीमा सुरक्षा पाेस्ट

पहिलोपटक चीनको सिमानामा सशस्त्रको सीमा सुरक्षा पाेस्ट

चीनसँग सिमाना जोडिएको संखुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा पाेष्ट (बोर्डर आउट पोस्ट) स्थापना गरेको छ।

उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी जीवन दुलालले पोष्टको बुधबार संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

सीमा सुरक्षा पाेष्ट स्थापना गरिएको स्थान संखुवासभाको सदरमुकाम खाँदबारीबाट ११० कीमी टाढा र नेपाल–चीन सीमाबाट १ कीमीको दूरीमा रहेको छ।

यो सीमा सुरक्षा पाेष्टसँगै सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेष्ट संख्या ११२ पुगेको छ र अन्य थप स्थानमा समेत सीमा सुरक्षा पाेष्ट स्थापना गर्ने कार्य अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले बताएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.