एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुई जना पक्राउ

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज स्थित गोलपार्कबाट पौष २७ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक तथा सोको एक बट्टा बारुद र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कंचनरुप नगरपालिका १ मलपोर बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० कमलपुर बस्ने ३० वर्षिय रविन तामाङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सोही ठाउँमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षणमा शिकार खेल्दै गरेको अवस्थामा उनीहरुलाई एपीएफ टोलीले उक्त भरुवा बन्दुक तथा बारुद र छर्रासहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.