एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित एक पक्राउ

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित एक पक्राउ

मोरङको विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयको नम्बर २ ढाटबाट आइतबार एपीएफ टोलीले दुई लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर बताउने ४९ वर्षिय संजितकुमार अग्रवाल छन् ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले निज अग्रवाललाई शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको चार सय थान भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका अग्रवाललाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विरानगर भन्सार कार्यालयमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.