एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीयाबाट मंसीर २२ गते एपीएफ टोलीले करीव एक लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

ज ३ प ७१५५ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स र सुर्तीजन्य सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ठाँडीझिजाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले मंसीर २३ गते करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र कस्मेटिक सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित सवगडाबाट बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय गौरमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.