एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ

सिरहा जिल्लाको सिरहा नरपालिका १७ स्थित खैरटोकाबाट मंसीर २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कर्जन्हा नगरपालिका ११ बस्तीपुर बस्ने ३० वर्षिय रोशन यादव र सोही नगरपालिका १ बल्टिया बस्ने १८ वर्षिय रामबावु कापर छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारताबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी एक बोतल, नाईट्रोजन ट्याब्लेट चार वटा र स्पास्मो ट्याब्लेट चार वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.