एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित एक पक्राउ

एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित एक पक्राउ

धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ भडरीबाट मंसीर २१ गते एपीएफ टोलीले ७  लाख ८२ हजार ७ सय २८ रुपैयाँ बराबरको एक सय २६ ग्राम एक सय मिलि ग्राम सुन तथा ५ लाख ५ हजार ६४ रुपैयाँ बराबरको ६ केजी ८ सय ५० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी गोब्राही घर बताउने ४० बर्षिय जयप्रकाश यादव छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवढियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई जाँच गर्दा उल्लेखित सुन र चाँदी फेला परेपछि पक्राउ गरिएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.