एपीएफ टोलीद्वारा एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद

एपीएफ टोलीद्वारा एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको छ ।

आज बिहान साढे १० बजे सशस्त्र प्रहरी बिओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजीकमा गएर हेर्दा त्यहाँबाट पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरकृष्ण अधिकारीले जानकारी दिए ।

गस्ती टोलीले इण्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल थान एक, त्यसमा म्याग्जिन थान एक र म्याग्जिनभित्र पाँच राउण्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो ।

बरामद पेस्तोल, म्याग्जिन र गोली आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउन पठाइएको तथा सो पेस्तोल र गोली कसले, किन र कहिले त्यहाँ फालेको तथा कसको रहेका बारेमा आवश्यक अनुसन्धान भइरहेको  एसपी अधिकारीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.