एपीएफ टोलीद्वारा चोरीपैठारीको ल्यापटप बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको ल्यापटप बरामद

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चार वटा ल्यापटप सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद ल्यापटप जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.