एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित उर्लैयाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव चार लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको साउण्ड सिस्टम बरामद गरेको छ ।

भारतबाट अवैध रुपले रथमा राखेर ल्याउँदै गरेको उक्त साउण्ड सिस्टम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद साउण्ड सिस्टम तथा रथ भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उक्त रथको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ ।

यसैगरी झापा जिल्लाको हल्दीवारी गाउँपालिका ४ स्थित कञ्चनश्रीबाट मंसीर १६ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको हो ।

मे ४ प ७९४ नम्वरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । उक्त सामानको भन्सार दाखिला मुल्य दुई लाख २८ हजार दुई सय ७१ रुपैयाँ रहेको छ ।

यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा ईलेक्ट्रोनिक सामान एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.