एपीएफ टोलीद्वारा चोरीनिकासीको छोकडासहित तीन जना पक्राउ

एपीएफ टोलीद्वारा चोरीनिकासीको छोकडासहित तीन जना पक्राउ

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ बाट मंसीर १३ गते एपीएफ टोलीले चोरीनिकासीको छोकडासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ बस्ने ३५ वर्षिय प्रमोद महतो, ३३ वर्षिय राकेश कुश्वाहा र १९ वर्षिय दिपककुमार कुश्वाहा छन् ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थमा पाँच क्वीन्टल ५० के.जी. छोकडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

उक्त छोकडाको भन्सार दाखिला मुल्य करीव ७४ हजार रुपैयाँ रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.