कारागारका एक कैदीको मृत्यु

कारागारका एक कैदीको मृत्यु

दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ ।

ठगी मुद्दामा कैद भुक्तान गरिरहेका  कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको हाे ।

कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो । कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो । उनको शव आफन्तले बुझिसकेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.