वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु

वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु

वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ ।

वीरगञ्ज महानरपालिका–२ घर भएका ६३ बर्षका बसिर आलम भन्ने बसिर अहमदको मृत्यु भएको हो ।

ठगी मुद्धामा साढे ४ महिनाअघि उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.