कपिलवस्तुमा एक महिला र एक पुरूषको शव फेला

कपिलवस्तुमा एक महिला र एक पुरूषको शव फेला

कपिलवस्तुमा छुट्टाछुटै स्थानमा शनिबार दुई शव फेला परेका छन्।

जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिबार शव फेला परेको  हाे । अत्याधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

त्यस्तै बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ। एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको शव रहेका स्थानमा विषादी पनि फेला परेको प्रहरीले जनाएको छ।

श्रीमान् १८ वर्षदेखि वेपत्ता भएपछि उनी मानसिक रोगकी शिकार भएकी थिइन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.